टाँकगाँउ व्रहमपुर सडक कालाेपत्रे हुँदै समयवधि अगावै कार्य सम्पन्न हुने

   तारादत्त भट्ट-

 बैतडी,बैशाख १८।प्रदेश सरकारकाे विकास निर्माण कामले गतिलिदै । टाँकगाउँ व्रहमपुर सडक कालाेपत्रे निर्माणकाे काम शुरू । समय अगावै सडक कालाेपत्रे गर्ने काम सकिने ।

तारा भट्ट कफलकाेट,बैतडी । टाँकगाँउ देखि व्रहमपुर सडक कालाेपत्रे गर्ने कार्य शुरू भएकाेछ । प्रदेश सरकार भाैतिक पुर्वाधार मन्त्रालयले चालू अार्थिक वर्षकाे कार्यक्रममै उक्त सडकलाई कालाेपत्रे गर्नेगरि काम थालेकाे हाे । मन्त्रालयले चालू अार्थिक वर्षमै काम सक्नेगरी ठेक्का प्रकृयामा गएर काम अगाढी वढाएकाे हाे ।

 

मन्त्रालय मातहत जिल्ला तहमा खुलेकाे पुर्वाधार विकास कार्यालयले कार्यान्यनकाे जिम्मा लिएकाे छ । पुर्वाधार कार्यालय बैतडीका प्रमुख जगत जाेशिका अनुसार असारमसान्त भित्रै काम सकिने गरि ठेक्का सम्झाैता भएकाे छ । स्थानिय राेयल निर्माण सेवाले काम गरिरहेकाे छ ।

 

ठेक्का सम्झाैता समयाअवधि भित्रै काम सम्मन्न हुने सेवाप्रदायक कम्पन्निले जानकारि दिएकाेछ । पहिलाे चरणमा सडक चाैडा गर्ने काम सकिएकाेछ । बाल नाली वनाउने काम चलिरहेकाे छ ।

 

हप्तादिन भित्रै कालाेपत्रे निर्माणका लागि वेस वनाईने सेवाप्रदायक राेयल निर्माण सेवाका संचालक नन्दराज भट्टले वताए । प्रदेश सरकार भाैतिक पुर्वाधार मन्त्रालयकाे सवा १ कराेड वजेटमा उक्त कार्य थालिएकाे हाे ।

 

उक्त सडक खण्ड कालापत्रे भएपछि नमुना ग्रामिण सडक वन्नेछ । धार्मिक पर्यटनकाे सम्भावना वाेकेकाे व्रहमपुरमा अाउत जाउत गर्न सजिलाे हुने अनुमान गरिएकाे छ । व्रहमपुरवाट भएर जिल्लाकै एक प्रसिद्व धार्मिक स्थल राैलेश्वर केदारकाे समेत दश्रन गर्न सहज हुने स्थानिय वताउछन ।

 

यसक्षेत्रकाे समग्र विकास गर्न सकिए धार्मिक पर्यटनका लागि एक महत्वपुर्ण स्थल हुने स्थानिय वताउछन । चारै हरियालि, धार्मिक स्थल तथा प्राकृतिक साैन्दर्यकाे धनि ब्रहमपुर जिल्लाकै प्रशिद्व धार्मिक स्थल राैलेश्वरकाे नजिकैकाे गाउँ हाे ।