हावाहुरी सहित वर्षाको संभावना,सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं, बैशाख १९ । बिहीबार देशको पश्चिमी भु–भाग र पुर्वी भु–भाग लगायत मध्य पहाडी भु–भागमा आंसिकदेखि सामान्य बदली रही बाँकी भु–भागमा आंशिक बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी भू–भाग साथै पुर्वी भु–भागका केही स्थानमा र मध्य पहाडी भु–भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।

 

त्यसैगरी रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

 

बंगालको खाडीको दक्षिण पुर्बी भागमा भएको धेरै शक्तिशाली चक्रबात “फानी” बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको छ । शुक्रबारबाट यो प्रणाली ओड़ीसा आसपास तिर मोडिने महाशाखाले जनाएको छ । अहिलेसम्मको पुर्बनुमान अनुसार यो चक्रबात शुक्रबार अपरान्ह पछि नेपालको पुर्बी भूभाग नजिक हुदै उत्तर–उत्तर पूर्व जाने क्रममा धेरैनै कमजोर हुने देखिन्छ । उक्त चक्रबात नेपाल तर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि नेपालको पुर्बी र मध्य हिमाली भूभागमा भारी हिमपात तथा प्रि–मनसुन भएकोले पुर्बी र मध्यका स्थानहरुमा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने भएकोले सतर्क महाशाखाले आग्रह गरेको छ ।