श्रमिकहरुको गुनासो:आजसम्म राजनैतिक पार्टी मात्रै भेटिए हाम्रा अधिकारका लागी लड्ने पार्टी भेटिएनन

     

नरेन्द्र महतारा-

  काठमाडौ,बैशाख १९। काठमाडौको भृकुटीमण्डपमा भब्यताका साथ १०३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहदा कतिपय श्रमिकहरु आफ्नो टाउकामा सामानको भारी,हातमा पानीका बोतल लिएर हिडिरहेका थिए।आफ्नो परिवार र पेट पाल्नकै लागै यसो गर्नुपरेको उनिहरुको भनाइ छ।

 

मञ्चमा ठुल्ठुला पार्टीका नेताहरुले श्रमिकहरुका लागी यस्तो गरेका छौ,उस्तो गरेका छौ भनेर भाषण चुटेको देखेर उनिहरुलाइ दिक्क लागेको पक्कै थियो होला नै त्यसमा पनि यदि यिनले हाम्रा लागी यस्तो गरिदिएका हुन्थे भने आज हामी यस्तो अवस्थामा हुने थिएनौ भन्ने प्रश्न पनि खेलाउदै बसेका थिए।तर पनि आफ्नो ब्यापारलाइ निरन्तरता दिनै पर्यो।ब्यापार गरिएन भने साझको रोटि खाने बाटो बन्दैन।वर्षको ६ महिना खाडी मुलुक अनि ६ महिना बेरोजगारीको पिडाले उनिहरुलाइ सताइरहन्छ।आज एकदिन चिल्लामिठा कुरा गरे पनि उनिहरुलाइ ति कुरा पट्टकै पत्यार लाग्दा भएनन।यदि सबैले यस्तै भनेजस्तो काम गरिदिएको भए सायद आज आफ्नो भाग्य नै फेरिने उनिहरुको भनाइ छ।

 

ठुलठुला उद्योग,कलकारखानाहरुमा काम गर्ने श्रमिकहरुको पिडा अझ कम छैन।मालिकको गाली सहेर भएपनी जसोतसो उनिहरु आफ्नो पेट पाल्नकै लागी बाध्य भएर श्रम गर्न बाध्य छन।देशमा काम गर्ने इच्छा हुदाहुदै पनि सरकारले आफुहरुको इच्छाको कदर गर्न नसक्दा बिदेश पलायन हुनुपर्ने बाध्यता रहेको उनिहरुको गुनासो छ।