आज मिति २०७६साल बैशाख २४ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

ज्ञानको कमिले शैक्षिक क्षेत्रसँग सम्बन्धित कामहरु बिग्रन सक्छ ध्यान दिनुहोला । आफ्नो भन्दा पनि अरुकै काममा समय बित्ने हुनाले समस्या निम्तन सक्छ । बोल्दा ख्याल गनुहोला बोलिको गलत अर्थ लगाई आफ्ना भन्नेहरुलेनै फसाउन सक्छन् । कटुम्मसँग मनमुटाब बढ्न सक्छ ध्यान दिनुहोला । समान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ भने अध्ययनमा अरुभन्दा पछि परिनेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

आम्दानिका नयाँ नयाँ बाटाहरु पहिल्याउँदै मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । सरकारि धन तथा पैत्रिक सम्पति हात लागि हुँने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुँने तथा नयाँ प्रकृतिका काम आउँनेछन् । माया प्रेममा एक अर्काबिच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।

सिहं मा,मी,मू ,मे,मो,टा,टी,टू,टे

व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ ।

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

प्रसाशनिक काममा सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा सम्पन्न नगरिदिदा महत्वपुर्ण कामहरु थाति रहनेछन् । पढाई लेखाईमा मन नजाने हुँदा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । प्रेममा तित्तता आउँने तथा एक अर्कालाई शंकाको नजरले हेर्दा मनमुटाव बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्रा भएपनि गन्तब्यमा पुग्नको लागि बिभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

घर परिवार बिषेश गरि दिदिबहिनीहरु सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउँनेछ । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । व्यापार व्यावसाय खस्कनेछ भने स्वास्थ्य कमजोर रहनेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

माया प्रेममा आम्मियताको बढोत्तरी हुँनेछ भने सामिप्यता बढेर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे आम्दानि हुँनेछ । जीवनसाथि सँग रमाईलो यात्राको तय हुँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । शरिरमा स्फुर्ति बढ्ने हुँदा जस्तो सुकै काम गर्नपनि जागर आउँनेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुँने हुँदा मन प्रशन्न हुँनेछ । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले हरेक क्षेत्रमा अगाढि बढ्न सकिनेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न हुँनेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

व्यापार व्यावसायमा आजको दिन लगानि गर्नको लागि केहि समय पर्खदा राम्रो हुँनेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेपनि सहि प्रयोग गर्न नजान्दा अप्रिर्य घट्ना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ भने आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । आफन्तहरु टाडिने तथा पति पत्निबिच सामान्य मनमुटावको सिर्जना हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

मीन दी, दु,थ,झ,ञ,दे,दो,चा,ची

दाजुभाई तथा छिमेकिबाट तपाईले सुरु गर्नुभएको कामको उच्च मुल्याङकन हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुँनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा भनेजस्तो सफलता हात लाग्नेछ ।