मैले जंगल जान्छु भनेर फेरि लडाइँ र हिंसामा जान्छु भनेको होइन:अध्यक्ष प्रचण्ड

काठमाडौं, बैशाख २४ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि जरुरी परेको खण्डमा आफू सबै कुरा त्याग गरेर गौतमबुद्ध जसरी नै हिँड्न सक्ने बताएका छन् ।

 

पं नारायणप्रसाद पोखरेल प्रतिष्ठानले हिजोदेखि सीतापाइलामा आयोजना गरेको ऐतिहासिक गीताज्ञान महाअनुष्ठानको उद्घाटन गर्दै उनले आफूले बाँकी जीवन मुलुकको समृद्धि र शान्तिलाई सुदृढ गर्नका निम्ति खर्च गर्ने बताए ।

 

उनले भने, “मैले जङ्गल जान्छु भनेर फेरि लडाइँ र हिंसामा जान्छु भनेको होइन, देश र जनताका लागि जरुरी पर्यो भने म सबै चिज त्याग गरेर हिँड्न तयार छु । फेरि पनि त्याग गर्न मलाई केही चाहिएको छैन । मलाई सम्पत्ति, घर, गाडी चाहिएको छैन मात्र भनेको हो ।

 

पूर्वप्रधानमन्त्री दाहालले यहाँ धेरै चिन्तक, ठूलाठूला चिन्तन र दर्शन पैदा भएको बताउँदै पौराणिक कालमा महादेव, पार्वती, सीता लगायत महामानवले गरेको चिन्तन, तपस्या सिङ्गो मानव जातिका निम्ति प्रेरणाका रुपमा रहेको उल्लेख गरे ।

 

मानव समाज आधुनिकतातर्फ जाँदै गर्दा दर्शनमा वैज्ञानिकता दिने गौतमबुद्धको जन्मस्थलका रुपमा नेपाल रहेको उल्लेख गर्दै उनले कम्युनिष्टले मान्दै आएको भौतिकवादी द्वन्द्ववादका प्रवत्र्तकका रुपमा गौतमबुद्धले जीवन र जगतलाई आध्यात्मिक र भौतिक ढङ्गले हेर्ने कोसिस गरेको बताए । नागरिक दैनिकबाट