आज मिति २०७६ साल २८ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

समाजसेवामा समय व्यातित हुँनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जानेहुँनाले शाहशिलो काम गर्ने जोस आउँनेछ । दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँनाले व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च मुल्याङन हुँनेछ भने समानमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले मन प्रफल्लित हुँनेछ । अध्यनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ । बहुमुल्य बस्तुहरु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

प्रतिश्पर्धिको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ ।

सिहं मा,मी,मू ,मे,मो,टा,टी,टू,टे

अन्य काममा व्यास्त हुँदा पठन पाठनमा आजको दिन खासै मन जाने छैन । स्वास्थ्यमा समस्या आईपर्ने हुँदा खर्च बड्ने तथा मन चिन्तित हुनेछ । घर परिवार तथा छिमेकमा अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित काम फस्टाएर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् ।

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक काम प्रभावित हुँनेछ । अनावस्यक ठाउँमा खर्च बढ्ने तथा उपलब्धि बिहिन काममा समय बित्नेछ । अल्छि गर्नाले पढाई लेखाई प्रभावित हुने तथा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक विवाद हुँन सक्छ । व्यापार व्यावसायमा लगानि गर्दै हुनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । माया प्रेममा अविस्वास सिर्जना हुनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे आम्दानि हुँनेछ । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुँने तपाईको निर्णयको सबैतिर चर्चा हुँनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुँनेछ । गित संगित तिर ध्यान जानेछ भने बाहिरि गतिबिधिमा भाग दिई नाम कमाउँन सकिनेछ । सरकारि तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । पढाई लेखाईमा राम्रा प्रगति गर्न सकिनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

एकल तथा साझेदारि व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । प्रेम सम्बन्धमा थप सुमधुरता आउँने तथा साथिभाईहरुबिच मित्रताको बन्धन कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय दिएर चित्त बुझ्दो उलपब्धि हासिल गर्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ समय कटाउँन सकिनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ ।

मीन दी, दु,थ,झ,ञ,दे,दो,चा,ची

आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।