यस्तो छ आज शनिबारको मौसम

काठमाडौं,बैशाख २८। शनिबार पूर्वी तथा मध्य भेग लगायत पश्चिमि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदलीको संभावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

 

त्यसै रातिको समयमा पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भागहरुमा सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहने सम्भावना छ । पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।