पक्ष र विपक्षमा सडकमा प्रदर्शन

काठमाडौं, जेठ २९ । स्थानीय तहमा ९ हजार ४ सय ६१ कर्मचारी भर्नाको विज्ञापनका कारण विवादमा तानिएको लोकसेवा आयोगका पक्ष र विपक्षमा सडक प्रदर्शन भएको छ ।

 

विज्ञापन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ भने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले संघीयता र समावेशिताको मर्म विपरीत रहेको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिइसकेको छ । यस पृष्ठभूमीमा विज्ञापनको पक्ष–विपक्षमा मंगलबार विभिन्न स्थानमा धर्ना,जुलस र नाराबाजी भएका हुन्।

 

यसअघि विज्ञापनको विरोधमा सदन र सडकमा प्रदर्शन भइरहेको अवस्थामा मंगलबार भने विज्ञापनको पक्षमा विधार्थीले प्रदर्शन गरेका छन् । लोक सेवा तयारी तदर्थ संघर्ष समिति, नेपालले समितिको निर्देशन मान्य नहुने भन्दै माईतीघर मण्डलामा प्रदर्शन ग¥यो । उसले पनि राज्य व्यवस्था समितिले सो निर्देशन फिर्ता नलिएसम्म आफ्नो आन्दोलन जारी रहने चेतावनी दिएको छ ।याे समाचर नेपाल समाचारपत्रमा छ।