आमा हत्या प्रकरणा :इश्वरीका श्रीमान सोनम भन्छन् आरोप पुष्टी नभएसम्म हत्यारा नभनिदिनुस्

  भक्तपुर ,असार १९।भक्तपुरको चाँगुनारायण नगरपालिका -७, बाँसबारीमा केही दिन मात्र एक बृद्धा सावित्री भट्टराईको घाँटी रेटेर विभ’त्स हत्या भएपछि यो घटनाले चौतर्फी चर्चा र आलोचना कमाईरहेको छ । कारण उक्त हत्या प्रकरणामा आफनै छोरीले आमाको हत्या गराउँन सु’पारी दिएको भनिएपछि यस घटनाको आलोचना भईरहेको छ । कान्छी छोरी इश्वरी भट्टराई (दीपा) ले आफनो अवैध प्रेम सम्बन्धमा बाधा बनेपछि उनी र प्रेमी मोहम्मद नौसाद मिलेर आमाको हत्या गराउँन भारतबाट किलर झिकाएर ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

नौसादले इश्वरीसंग मिलेर हत्याको योजना बनाएको बयान दिएपनि इश्वरीले भने अझै उक्त आ’रोप स्वीकार नगरेको बताईएको छ । यता इश्वरीका श्रीमान एवं परिवारले इश्वरीमाथिको आरोप पुष्टी नै नभईकन अपराधीको रुपमा देखाईएको भन्दै आसक्रोस व्यक्त गरिरहेका छन् ।

 

इश्वरीको परिवारले यदि हत्यामा उनको संलग्नता रहेनछ भने उनलाई बाँच्नै दिन नमिल्ने गरी बद्नाम गराउँने अधिकार कसले दियो भन्दै आसक्रोस व्यक्त गरेका छन् । यता इश्वरीका श्रीमान सोनम थापा मगरले पनि इश्वरीमाथिको आरोप पु्ष्टी नभईकन हत्याराको रुपमा चित्रण नगर्न अनुरोध गरिरहेका छन् । फिल्मका नायक तथा निर्माता समेत रहेका सोनाम यतिबेला निकै तनावमा छन् एकातिर घरमा त्यत्रो बज्रपात परेको छ भने अर्कोतिर फिल्ममा पुरा लगानी रहेको फिल्म एकलब्यको रिलिजको संघारमा रहेको बेला उनी थप चिन्तामा परेका छन् । उनको फिल्म उही साउनबाट रिलिजमा आउँदैछ ।

 

उनले इश्वरीको बारेमा तथ्य बुझेर मात्रै बोल्न आग्रह गरिरहेका छन् । उनले अहिले नै प्रमाणित नभएसम्म ह८त्यारा नभनिदिन आग्रह गरेका हुन् । उनले यस्तो आग्रह गरिरहँदा श्रीमतीलाई बचाउँन खोजेको आरोप पनि लागिरहेको छ। तर उनले श्रीमतीलाई बचाउँन नभई आफनो एकमात्र ४ बर्षीय छोराको मानसिकता र भबिष्यको चिन्तामा त्यस्तो भनेको बताए । भोली अपराधी नभएको खण्डमा पनि हत्याराको आमा भन्दा छोराको मानसिकता के होला भन्ने उनलाई चिन्ता भएको हो । उनले श्रीमती र नौसादबीचको सम्बन्धको बारेमा पनि केही थाहा नभएको बताए ।

 

उनीहरुबीच सम्बन्ध रहेको पुष्टी भईसकेकाले अब आरोप प्रमाणित नभए पनि उनीसंग जीवनयापन गर्न नसक्ने र अब सबै सम्बन्ध सकिसकेको उनको भनाई छ । तर आमा सरह पालेको सासुको दर्दनाक मृत्युले उनी आफैँ पनि शोकमा डुबेका छन् । एकातिर उनको फिल्म एकलब्य साउन १० बाट रिलिज हुन लागिरहेको छ एक्शन, कमेडी र सामाजिक बिषयमा निर्माण भएको यस फिल्ममा सोनामसंगै पुष्कर राउत, नमिता राई, महिमा सिल्वाल, सुशिल पोखरेल, उमेश खड्का, सिपी पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई अनमोल शर्माले निर्देशन गरेका छन् ।