समाज रुपान्तरण गर्ने सशक्त माध्यम पत्रकारिता :उपमेयर सत्याल

ललितपुर,असार १९।ललितपुर महानगरपालिकाका उपमेयर गिता सत्यालले समाज रुपान्तरण गर्ने सशक्त माध्यम पत्रकारिता नै भएको उल्लेख गर्नुभएको छ।

 

नेपाल पत्रकार महासंघ ललितपुर शाखाकाे आयाेजना र ललितपुर महानगरपालिकाको सहयोगमा आयोजित स्थानीय तहको दिगो विकास र राजस्वका स्रोत पहिचानमा सञ्चारकर्मीको भुमिका विषयक दुई दिने पत्रकारिता तालिम कार्यक्रमको आज उद्घाटन गर्दै उहाले यस्तो उल्लेख गर्नुभएको हो।

 

पत्रकारले सहिलाइ सहि र गलतलाइ गलत भन्न सक्ने भएकाले नै पत्रकारिताको भावना उजागर भएको छ।जसले गर्दा पत्रकारिताले सत्य,तथ्य र समसामयिक सूचना सम्प्रेषण गराएर जनतालाइ सुसूचित गराइरहेको छ।

 

उहाले भन्नुभयो।यो क्षेत्र नितान्त स्वतन्त्र भएकाले यसमा कुनै पार्टीको दाग नहुने पनि उहाले बताउनुभयो।कलम चलाउनु चान्चुने कुरा होइन यो त तरबार चलाएभन्दा गाह्रो हो।तैपनी पत्रकारहरुले त्यो कलमलाइ निरन्तरता दिइरहनुभएको छ भन्दै उहाले प्रशंसा समेत गर्नुभयो।