साबधान के तपाईं म.म.खादै हुनुहुन्छ ? सरिरमा लाग्न सक्छन् यस्ता पाँच रोग

नेपालीहरुलाई स्वाद र सन्तुष्टिका हिसावले कुनै एक उत्कृष्ट खाजाको नाम लिन लगाए उनिहरुको मुखबाट म.म. आउने गरेको छ । बजारमा पाइने धेरै प्रकारका परिकारहरु मैदाबाट बनेको पाउँछौं । डाक्टरहरुका अनुसार त्यस्ता परिकारहरु खाँदा अनावश्यक तौल बढ्ने हुन्छ । साथै हड्डी पनि खिइन्छ । दैनिक मैदाबाट बनेको मम खानु शरीरका लागि खतरनाक हुने भनिएको छ ।

म.म.  दैनिक खानु शरीरका लागि खतरनाक

मस्म बनाउन मैदाको प्रयोग गरिन्छ । मैदाबाट बनेको मस्म दैनिक खानु शरीरका लागि खतरनाक हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । हिजोआज हरेक गाउँदेखि सहरका गल्लीमा सहजै उपलब्ध हुने मम स्वास्थ्यका लागि हानिकारक हुन्छ । मम होस् वा अन्य मैदाबाट बनेको अन्य खानेकुराको साइड इफेक्ट हुन्छ ।

 

मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । स्वस्थ्य को लागि मैदा बाट बनेका परि कार ले मानव जिबन मा हानिकारक पुर्याउछ ।

म.म. वा मैदाबाट बनेका खानेकुरा खाँदा हुने नकारात्मक असरहरु

१-  मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।

२- ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ ।

३- ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ ।

४- जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ ।

५- मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।