इन्टरनेट सेवाको मूल्य बढ्न सक्ने

काठमाडौं,साउन २१। सरकारले दूरसञ्चार ऐन २०५३ परिवर्तन गर्दै सेवा प्रदायकले मर्मतसम्भार शुल्क लगाउन पाउने व्यवस्था गरेको छ। ऐनको दफा ४२ उपदफा २ ९ट० र नियम १५ बमोजिम दूरसञ्चारका सेवा शुल्क प्राधिकरणले तोक्ने र मर्मत शुल्क उपभोक्तासँग लिन पाउने गरी कानुन संशोधन गरेको हो ।

 

नेपाल सरकारद्वारा साउन १५ मा राजपत्रमा प्रकाशित सूचनामा ‘दूरसञ्चार सेवा अन्तर्गतका फिक्स्ड वायर सेवा प्रदान गरेबापत लाग्ने महसुलमा बढीमा ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लगाउन सक्ने’ उल्लेख छ। यो कानुनअनुसार उपभोक्ताले तिर्दै आएको २ हजार रुपैयाँको इन्टरनेट शुल्क ३ हजार पुग्ने उपभोक्ता हित संरक्षण मञ्चका ज्योति बानियाँ बताउँछन्।

 

सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवाीले भने यो प्रावधानले उपभोक्ता लाई मार नपर्ने दाबी गर्छन। ‘हामीले उपभोक्तासँग लिने रकम बढाउन नपाउने गरी समायोजन गर्न यो नियम ल्याएका हौं’ उनले बताए, यसले उपभोक्तालाई मार पर्दैन।’ यो खबर नागिरक दैनिकमा छ।