सरकारले घर भाडाँमा बस्नेहरुको लागी ल्याउदै छ यस्तो नयाँ कानून : के के कुरामा ध्यान दिनुपर्छ

काठमाडौँ । मानिसहरु अल्छे भएसँगै शहर भित्रनेको सङख्या बढेको छ । किनभने सबै मानिसहरुलाई राम्रै खाउँ , राम्रै लाउ भन्ने चाहना हुन्छ ।त्यो सबै सुविधा शहरमा हुन्छ । त्यसैले अहिले एस्इर्ई परिक्षा दिने बित्तिकै विद्यार्थीहरु उच्च शिक्षा र काम गर्नको लागी शहर छिर्दछन् । त्यसपछि काठमाडौमा आएर कोठा र फ्याट भाँडामा लिएर गाँउका मानिसहरु भाँडामा बस्छन् । तर यो काठमाडौँ बासीको लागी राम्रो आम्दानीको स्रोत भएपनि भाँडामा बस्नेहरुको लागी समस्या बनेको छ । किनभने यहाँ मान्छे र घर अनुसारको भाडाँदर रहेको छ ।

 

त्यसैले अहिले सरकारले घर भाडामा बसेको कर लिने कानूनलाई कडाइका साथ लागू गर्ने भएको छ । जहाँ कोठा , फ्याट भाडामा दिनुभन्दा अघि घर धनी र भाडामा बस्नेबीच कागजी सम्झौता गर्नुपर्छ । यसमा दुवै पक्षको सम्पूर्ण कुरा मिलेपछि हस्ताक्षर गर्नुपर्छ । यदि सम्झौता पत्रमा कुनै प्रकारको परिवर्तन गर्नु परेमा घरधनी भाडाँवालाबीच एक महिना पहिले नै जानकारी दिनुपर्छ ।

हेर्नुस् ,घरधनी र भाँडावाला दुवैले के के कुरामा ध्यान दिनुपर्छ

-पहिलो कुरा स्ट्याम्प पेपरमा घरधनी र भाडावालाको पूरा नाम , ठेगाना खुलाएर लेख्नुपर्छ ।त्यसपछि भाडावालाले कति समयको लागी भाडामा दिएको वा लिएको, कुन मितिमा शुरुवात वा अन्तिम भाडा तिर्नुपर्ने र दिने र लिने रकम कति राम्ररी खुलाउनुपर्छ ।

-घरधनीले भाँडावालालाई के के सुविधा दिने ,कोठासँगै अन्य के सामग्रीहरु दिने उक्त पत्रमा खुलाउनुपर्छ ।

-त्यस्तै घरधनीले भाडावालाई हटाउन परेमा वा भाडावालाले घर छोडन परेमा एक महिना अगाडि नै जानकारी दिनुपर्ने सम्झौता पत्रमा उल्लेख गर्नुपर्छ ।

-घरधनी र भाडावालाले सम्झौता पत्र बनाउनको लागी वकिललको सल्लाह लिनुपर्छ ।

-घर भाडामा बस्ने १८ वर्षभन्दा माथिको विवाहित तथा अविवाहित मानिसहरुको नाम , ठेगाना र कोठाको जिम्मेवारी सबै सम्झौता पत्रमा लेख्नुपर्छ ।