अब बहुविधिबाट जनगणना

काठमाडौं, भदौ २९ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा दुरा जातिको जनसंख्या पाँच हजार ३ सय ९४ छ।दुरा भाषा बोल्नेको संख्या भने २ हजार १ सय ५६ छ।

 

बास्तविकतामा भने यो भाषा बोल्नेहरु नै छैनन्। घले जातिको जनसंख्या २२ हजार ८ सय ८१ छ। जनगणनामा भने यो भाषा बोल्नेको संख्या ८ हजार ९२ देखाइएको छ। यी जनगणनामा भएका त्रुटिका केही उदाहरण मात्र हुन् भन्ने खबर कान्तिपुर दैनिकमा छ।

 

यस्ता त्रुटि अबको गणनामा दोहोर्याउन नहुने विज्ञहरुले बताएका छन्। विशेषज्ञले त्रुटि औँल्याएपछि राष्ट्रिय जनगणनाको तथ्यांक विश्वसनिय बनाउने तयारी छ।

 

जनगणनामा खटाइने जनशक्ति चुस्त एवं प्रविधिमैत्री हुनेछन्। सम्बन्धित समुदायको घर, परिवारले दिने वैयक्तिक, पारिवारिक सूचना, जात, जाति र भाषालाई समेत यकिन गरिने छ। २०७८ जेठ २५ देखि असार ८ सम्म १२ औँ जनगणना हुँदैछ। मुलुक संघीय संरचनामा गएपछिको यो पहिलो जनगणना हो।