उपनिर्वाचनका लागि साढे चार लाख मतदाता

काठमाडौँ, भदौ २९ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली तयार गर्ने क्रममा दाबी विरोधका लागि १५४ वटा वडा कार्यालयमा सार्वजनिक गर्ने भएको छ ।

 

आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले उपनिर्वाचन हुने ३७ जिल्लाका १५४ वडामा चार लाख ४७ हजार ७९२ मतदाताको नामावलीको विवरण दाबी विरोधका लागि पठाइएको बताउनुभयो । वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक ९दाबी विरोध० कार्यक्रम असोज १ गतेदेखि सञ्चालन हुने भएको छ ।

 

मङ्सिर १४ गते प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यसमेत कुल ५१ पदहरूका लागि हुने उपनिर्वाचन हुनेछ । गोरखापत्र दैनिकमा खबर छ ।