पाैष १० गते सार्वजनिक बिदा (सुचनासहित)

अत्तरिया, पौष ८ ।सुदूरपश्चिम प्रदेश अन्तरगत आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण पर्ब भुँवामा यही २०७६ साल पुष १० गते सार्वजनिक विदा दिएको छ।

प्रदेश सरकारले १० गते परेको भुँवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै विदा दिईएको बारे जानकारी गराएको हो।यसअघि साउन ८ मा बसेको मन्त्रीपरिषद् बैठकले भुँवा पर्वमा विदा दिने निर्णय गरेको थियो।