नेताको स्वार्थले नेविसङ्घ नेतृत्वविहीन

काठमाडौं, पुस ११ । नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा महŒवपूर्ण योगदान पु¥याएको नेपाल विद्यार्थी सङ्घ अहिले नेपाली काँग्रेसका शीर्ष नेताहरूको स्वार्थको सिकार भएको छ ।

 

काँग्रेसका केन्द्रीय सदस्य एवं सङ्घका पूर्वअध्यक्ष गुरुराज घिमिरेले गत वर्षको फागुनदेखि अहिलेसम्म सङ्घ नेतृत्वविहीन भएको बताउनुभयो ।

नेता घिमिरेका अनुसार सङ्घको महाधिवेशन गराउनका लागि काँग्रेस केन्द्रीय समितिको बैठकले सभापति शेरबहादुर देउवालाई जिम्मेवारी सुम्पेको पनि महिनौँ भइसकेको छ । सभापतिले तदर्थ समिति गठनका लागि पहल गर्नु भए पनि शीर्ष नेतृत्वबीच आफू नजिकको अध्यक्ष बनाउने होडमा सङ्घको सङ्गठन नै तहसनहस भएको गुनासो विद्यार्थी नेताहरूको छ ।

 

काँग्रेस केन्द्रीय कार्यालयमा नौ दिनदेखि सङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेसहितका नेताहरू अनशनमा हुनुहुन्छ । पार्टी नेतृत्वले सङ्घको विधानविपरीत ३२ वर्षमाथिका नेतालाई अध्यक्ष बनाउन नमिल्ने भन्दै विरोध गरिरहेका छन् ।

 

पार्टीका एक पदाधिकारीका अनुसार सङ्घको १२औँ महाधिवेशनमा ३२ वर्षलाई आधार मानेर अधिवेशन हुने तर तदर्थ समितिमा त्यो नियम लागू नहुने बताउनुभयो । नेताहरूले अगाडि सारेका नेताहरूको उमेर ४५ देखि ५२ वर्षसम्मका छन् । पुस ११ गते बस्ने बैठकमा पेस गरिने सहमतिको दस्तावेजमा पनि नेविसङ्घको तदर्थ समितिको गठनलाई नै लिएर विवाद भइरहेको छ ।

 

वि।सं। २०७५ भदौ २ गते नैनसिंह महरको नेतृत्वको कार्यकाल समाप्त भएको थियो र त्यसपछि थपिएको अवधिमा २१ जिल्लाको अधिवेशन भएको थियो । महर नेतृत्वको सङ्घले अधिवेशन गर्दै गरेको समय अपुग भएपछि तीन महिनाको समय थप गर्न माग भए पनि समय थपिएन । काँग्रेस नेतृत्वले समय नथप्ने निश्चित भएपछि अध्यक्ष महरले २०७५ माघ २८ गते पदबाट राजीनामा दिएपछि सङ्घ नेतृत्वविहीन छ । गोरखापत्र दैनिकमा खबर छ ।