आज मिति २०७६ पाैष १२ शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

समयमा काम नबन्ने तथा ऋण लाग्ने हुँनाले मानसिक तनाब बढ्नेछ । हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुँन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुँनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

अध्ययन तथा अध्यापनमा मन नजादा हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि उत्साहित हुँदा चाहेजस्तो उपलब्धि हासिल नहुँन सक्छ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । अध्ययनमा अलि बढि सयम दिन सके सफलता हात लाग्ने योग रहेकोछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।