आज काठमाडौंमा वर्षकै कम तापक्रम, यस्तो छ तीन दिनको मौसम

काठमाडौं, पुस १२ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको कम रहेको छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकाको तापक्रम शनिबार बिहान ० दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ। यसअघि उपत्यकाको न्युनतम तापक्रम ० दशमलव ९डिग्री सेल्सियस मापन भएको थियो।

काठमाडौ उपत्यकासहित धेरैजसो भागमा पहाडी भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ। तराईका अधिकांश भेगका अहिले बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन कष्टकर बनेको छ।

सडकमा यातायात सञ्चालनमा समस्या भएको छ भने हवाई उडान पनि प्रभावित भएका छन्। चिसोबाट विषेश गरी वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित हुने भएकाले खानपान र जिवनशैलीमा ध्यानदिन चिकित्सकले सुझाव दिएका छन्।

तराईको हुस्सुरकुहिरो जारी नै रहेको हुनाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १२ गते (शनिबार)
दिउँसो :देशभर मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पौष १३ गते (आइतबार)
दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ।
राती :देशभर मौसम सामान्यतया सफा रहनेछ।

पौष १४ गते (सोमबार)
दिउँसो : देशको पूर्वी पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशको पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।