नवलपुर र कपिलवस्तुको वडा कार्यालयमा आगजनी

नवलपुर,पाैष १४ । गएराति अज्ञात समूहले पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. १४ को वडा कार्यालयमा आगजनी गरेका छन् ।

 

आगलागीबाट कार्यालयका फर्निचरहरु जलेको छ । क्षतिको विस्तृत विवरण आउँन बाँकी छ । साविक अग्यौली गाविसको कार्यालयमा आगलागी भएको हो ।

 

त्यसैगरी कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नं. ३ को वडा कार्यालयमा पनि गएराति आगजनी भएको छ । आगो कसले लगाएको खुल्न सकेको छैन । आगलागीबाट फर्निचरहरु जलेर नष्ट भएका छन् । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

 

गएराति एक समूहले कार्यालयमा पसी कागजपत्र सहित फर्निचरमा आगजनी गरेको स्थानीयले जनाएका छन् ।उक्त वडा कार्यालय साविक वसन्तुपर गाविसको कार्यालय रहेको कार्यालय हो । घटना स्थलमा प्रहरी परिचालन गरिएको छ ।