छ ग्यास उद्योगसँग स्पष्टीकरण

काठमाडौँ, पुस १६ । नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पूरा नगर्ने विभिन्न छ वटा ग्यास उद्योगसँग स्पष्टीकरण सोधेको छ । विभागले गरेको अनुगमनका क्रममा ती उद्योगले मापदण्ड पूरा नगरेको भेटेपछि स्पष्टीकरण सोधेको हो ।

 

सरकारको संयुक्त अनुगमनका क्रममा सिलिन्डरमा हाइड्रो स्ट्यालिक टेस्ट नगरिएको क्लिनिङ तथा ड्राइङ नभएको र ‘टियर वेट’ ९खाली सिलिन्डरको० नलिएको भेटिएपछि ती उद्योगलाई स्पष्टीकरण सोधिएको जनाएको छ । विभागले स्पष्टीकरण सोधिएका ग्यास उद्योग एभरेस्ट, श्रीकृष्ण, साइबाबा, क्यावसन्स, भानु र त्रिवेणी रहेका छन् ।

 

विभागका अनुसार एभरेस्ट ग्यासमा लेदो भेटिएको भन्ने उजुरीका आधारमा अनुगमन गर्दा कैफियत भेटियो भने श्रीकृष्ण ग्यासमा नयाँ सिलिन्डरको हावा फाल्ने व्यवस्था र ‘टियर वेट’ लिने व्यवस्था नभएको भेटिएको छ ।

 

यस्तै साइबाबा ग्यास उद्योग चितवनमा पर्जिङको व्यवस्था नभएको, टेयर वेट लिने व्यवस्था नभएको र वाटर डिप टेस्ट ९भरि सिलिन्डर डुबाउने० व्यवस्था नभएको विभागले जनाएको छ ।

 

विभागका अनुसार क्यावसन्स ग्यास उद्योगमा टेयर वेट, क्लिनिङ एन्ड डाइङको व्यवस्था नभएको भेटिएको छ भने त्यसैगरी भानु ग्यास उद्योगमा भल्भ मर्मत गर्ने कार्य नभएको नयाँ सिलिन्डरको हावा फाल्ने व्यवस्था नभएको एचएसटी मेसिन सुचारु नरहेको, टेयर वेट लिने व्यवस्था नभएको र क्लिनिङ तथा ड्राइङको व्यवस्था नगरेको पाइएको छ ।

 

त्रिवेणी ग्यास उद्योगमा भल्भ मर्मत गर्ने कार्य भएको, क्लिनिङ एन्ड ड्राइङको व्यवस्था नभएको, लिकेज सिलिन्डर ननिकालिएको र क्याप्ड नगरिएको पाइएको छ ।

 

विभागले स्पष्टीकरण सोधिएका उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । ती उद्योगबाट चित्त बुभ्mदो स्पष्टीकरण नआएको खण्डमा ती उद्योगलाई कानुन अनुसार कारबाही गरिने विभागले जनाएको छ । कानुनमा ती उद्योगले चित्त बुभ्mदो जवाफ पेस नगरेको खण्डमा दर्ता नवीकरणदेखि अनुमतिपत्र खारेजसम्म गर्न सकिने व्यवस्था छ । गोरखापत्र दैनिकमा खबर छ ।