बाजुरामा जंगली बदेलको आक्रमणबाट सात जना घाइते एकको अवस्था चिन्ताजनक

 बाजुरा,माघ २७।बाजुराको गौमुल गाउँपालिका–३स्थित माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका सात जनालाई जंगली बदेलकाे आक्रमणमा परी घाइते भएका त्यहाँका स्थानीयले बताएका छन्।

 

घाइते हुनेमा ५० वर्षीय जगत विश्वकर्मा,४० वर्षीय पूर्ण वि.क.५० वर्षीय डवल रोकाया,४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया,४० वर्षीय रमेश रोकाया र ४२ वर्षीय लाल कामी रहेकाेे स्थानीयले बताएका छन् ।

 

 

घाइते भएका मध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको छ । बदेलको आक्रमणमा परी घाइते भएका चार जनाको गौमुल स्वास्थ्य चौकीमा उपचार पछि घर फकाइएको स्थानीयले जानकारी दिए।

 

बदेलको आक्रमणमा परी गम्भीर घाइते भएइका जगत विश्वकर्मालाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि अन्यत्र  रिफर गरिएको जिल्ला अस्पताल बाजुरा स्रोतले बताएको छ।

 

विश्वकर्माको दाँया र बाँया हातको औला नै  छैन  । भने पुर्ण वि.क. र डबल रोकायाको हात खुट्टा र ढाडमा चोट लागेकाले जिल्ला अस्पतालमा उपचार भइरहेक अस्पताल स्रोतले जानकारी दिएको छ ।

 

गम्भीर घाइते भएका विश्वकर्माकाे ढाड नै भाचिएकाले जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र पठाउनु परेको अस्पताल स्रोतले जनाएको हाे।