आफैँले घाटीमा गोली हान्दा सशस्त्र प्रहरी जवान घाइतेे

 

सर्लाही,फागुन २५।  सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् ।

 

सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्र आफैँले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।