आज मिति २०७६ साल फागुन २६ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेषः- आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

 

बृषः- योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैंपछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । साँझमा पैशा खर्च हुने योगछ ।

 

मिथुनः- आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । कुविचारमा मन जाना सक्छ । तर बेलुकीपख गरेको कार्यबाट फाइदा लिन सकिनेछ ।

 

कर्कटः- आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

 

सिंहः- चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनात्मक कार्यमा संलग्न भाईनेछ ।

 

कन्याः- आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग रमाईलो भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

 

तुलाः- शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सहभागिताको अवसर जुट्नेछ ।

 

बृश्चिकः- आँटेको र ताकेकोकार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

 

धनुः- आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ ।

 

मकरः- भ्रमण खानपान तथा फेसनमा धन खर्च हुनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । अरुको भर पर्दा धोका पाइनेछ ।

 

कुम्भः- धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

मीनः- आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा मन बरालिनेछ ।