अछाममा तुर्माखाद गापाको वडा नं ६ ले बाड्यो कोरोना सावधानीका अत्यावश्यक सरसमान

कमल कोपिला

अछाम,चैत्र १९ | नेपालि काँग्रेस तुर्माखाद गाउँपालिका वडा न ६ ले बिश्वमा सन्त्रासको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात (कोभिड १९) को सम्भाबित जोखिम लाई मध्यनजर गर्दै वडाका बिपन्न,असहाय बालबालीका र जेष्ठ नागरीक लाई मास्क र साबुन बितरण गरेको छ ।

 

वडासभापति भरत जोसीको नेतृत्वमा ४ सय घरधुरीलाई स्वास्थ्य सामाग्री बितरण गरीएको बताईएको छ । बिश्वलाई नै तरँगित बनाईरहेको यस भाइरस बाट सुरक्षित रहनका लागी वडा कमिटिले यो अभियानको सुरुवात गरेको वडा सभापति जोसीकोे भनाई छ ।

 

वडाका गरीब,असहाय,बिपन्न परीवार हरुलाई सामाग्री बितरण गरीएको बताईएको छ । पार्टिमा आबद्ध नेता तथा कार्यक्रता गाउँमै पुगी उक्त समाग्री बितरण गरीएको हो ।