कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री जोन्सन अस्पताल भर्ना

काठमाडौं, चैत्त २४ गते । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरसको संक्रमण पुष्टि भएको दशदिनपछि अस्पताल भर्ना हुनुभएको छ । उहाँको शारीरिक तापक्रम अस्थिर देखिएपछि आइतबार साँझ लण्डनस्थित एक अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ ।

चिकित्सकीय सुझाबका आधारमा बेलायतका प्रधानमन्त्री जोन्सन सावधानी स्वरुप अस्पतालमा भर्ना हुनुभएको बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री जोन्सनको अनुपस्थितिमा सोमबार बिहान बस्ने बैठकको अध्यक्षता विदेश सचिबले गर्ने जनाइएको छ । बीबीसीको राजनीति विभागका सम्पादक लौरा कुएन्सवर्गले भने नियमित परीक्षणका लागि उहाँ अस्पताल भर्ना हुनुभएको उल्लेख गर्नुभएको छ ।एजेन्सी,