बहराइनमा थप १० नेपालीमा भेटियो कोरोना भाइरसको संक्रमण

काठमाडौं, चैत २७ । बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामा स्थित नेपाली दुतावासले आज एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ।

 

योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

 

यस्तै बहराइनले ७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको पनि बहराइनमा रहेको दूतावासले जनाएको छ ।