आज मिति २०७६ साल चैत्र ३० गते आइतबारकाे राशिफल पढनुस् र पशुपतिनाथको दर्शन गर्नुहोस् तपाईको मनोकामना पुरा हुने छ

मेष-मन खिन्न हुने स्थिति आउनेछ । मानसिक चिन्ता बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ । मन कमजोरपनि रहला ।

 

बृष-आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तको सहयोग मिल्नेछ ।

 

मिथुन-आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । खानाको परिकार खान पाईनेछ । तर, परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

 

कर्कट-आज बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । कसैलाई सन्तान लाभपनि हुनसक्छ ।

 

सिंह-आज स्वास्थ्य प्रति बढी सजकता रहनु पर्छ । टाउको दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ । कार्यमा व्यवधान आइपर्ला ।

 

कन्या-आज आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् ।

 

तुला-शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

 

बृश्चिक-आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

 

धनु-आज काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ, आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

 

मकर-आज पारिवारिक जमघटमा समय बित्नेछ । खेतिपातीको कार्यबाट सफलता पाईनेछ । बौद्धिक विकास होला । धार्मिक कार्यको योगपनि छ ।

 

कुम्भ-धर्म,कर्म तथा समाजसेवामा मन जाला । परिवारसंग समय बित्नेछ । सन्तानबाट सुख मिल्ला । शुभकार्यको चर्चा चल्नेछ ।

 

मीन-आज आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।