काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना

 काठमाडौं,वैशाख, १० । काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका छन् ।

 

मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार घाइतेहरुमध्ये ३ को अवस्था मध्यम रहेको जनाएको छ । बसमा ३९ जना सवार रहेको बताइएको छ ।प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । अनुसन्धान भइरहेको छ ।