नौ जना युवा मिलेर १७ वर्षिय किशोरीलाई बलात्कार

इटहरी,बैशाख २० । इटहरीमा एक किशोरी बलात्कृत भएकी छिन् । ईलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर मानबहादुर श्रेष्ठका अनुसार इटहरीको सिमरबनामा १७ बर्षीया किशोरीलाई ९ जना युवाहरुको समुहले बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको छ।

 

आफुलाई गत वैशाख १४ गते राती सामुहिक बलात्कार गरेको भन्दै बिहीबार उजुरी आएको प्रहरीले जनाएको छ ।

 

सोही उजुरीका आधारमा स्थानीय त्रिलोचन चौधरी र अमित चौधरी पक्राउ परेका छन् । अन्य ७ जनालाई प्रहरीले खोजी गरिरहेको श्रेष्ठले जानकारी दिए।