लकडाउनमा काभ्रेमा २१ जनाले गरे झुण्डिएर आत्महत्या

काभ्रेपलाञ्चोक, जेठ ६ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा गत चैत्र ११ देखि जेठ ४ गतेसम्ममा ५८ वटा अपराधजन्य घटनाहरु दर्ता भएका छन् । घटना विवरण अनुसार लकडाउनको अवधिमा जिल्लामा ४२ जनाको मृत्यु भएको छ । चैत्र ११ गतदेखि जेठ ४ गतेसम्म जिल्लामा सबैभन्दा धेरै आत्महत्याको घटना घटेको कार्यालयको तथ्याङकले देखाउँछ ।

 

२१ जनाले झुण्डिएर आत्महत्या गरेको छन् । आत्महत्या गर्नेमा बृद्धदेखि बालबालिकासमेत रहेको पाइएको छ । झुण्डिएर आत्महत्या गर्नेमा ९ जना पुरुष, १० जना महिला र दुई बालिका रहेका छन् । त्यस्तैगरि ५ जना पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

 

लकडाउनको अवधिमा चोरी डकैती र अपराधिक घटनामा कुनै कमी आएको छैन । अपराधजन्य क्रियाकलापमा संलग्न २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

कोरोको महामारीको समयमा भएका आत्महत्या तथा अपराधजन्य गतिविधी र त्यसको अनुसन्धानलाई प्रहरीले तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार व्रिकम थापाले बताए ।

 

उनका अनुुसार प्रहरीले लकडाउन अवधीमा यस अघि भएका घटनामा संलग्न फरार अभियुक्त तथा अपराध नियन्त्रणमा बढाउनु पर्ने गस्ति र अनुसन्धानलाई तिब्र बनाएको छ ।राजधानी दैनिकमा खबर छ।