नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३८६ पुग्यो

विराटनगर,जेठ,६ । देशमा निरन्तर कोरोना संक्रमण बढीरहेका छन् । आज विहान प्रदेश १ मा  ११ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएकाे छ।अब नेपालमा जम्मा ३८६ जना संक्रमित पुगेका छन्।

 

झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पताल स्राेतले जानकारी दिएकाे छ।

उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका रहेका छन्।

 

  हिजाे एक युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो ।

 

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ ।

 

त्यस्तै प्रतिष्ठानमा परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएकाे अस्पताल स्राेतले जानकारी दिएकाे छ ।

 

कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् ।

योसँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ।