लिम्पियाधुरासहितको नयाँ नक्सासम्बन्धी निर्णय सकारात्मक: क्रान्तिकारी माओवादी

काठमाडौं,जेठ ६ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)अमेरिकी सैन्य रणनीतिको हिस्सा भएको बताउँदै सरकारले नीति कार्यक्रम ०७७÷०७८ मा एमसीसी सम्झौतालाई समावेश गरी चोर दुलोबाट संसदद्वारा पास गराउन खोजेको भन्दै त्यसको घोर विरोध एवम् भत्र्सना गरेको छ ।

 

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले मंगलबार जारी गरेको वक्तव्यमा सरकारको यो कदमलाई षड्यन्त्रकारी र राष्ट्रघाती कदमको संज्ञा दिंदै ओली सरकारको यो षडयन्त्रकारी तथा राष्ट्रघाती कदमलाई असफल तुल्याउनका लागि चारैतिरबाट दवाव सृष्टि गर्न सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा विनम्र अनुरोध समेत गरेको छ ।

 

वक्तव्यमा भनिएको छ,

“मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अमेरिकी सैन्य रणनीतिको हिस्सा हो र यो नेपालको राष्ट्रिय स्वाधीनताका विरुद्ध छ भनेर देशभक्त नेपालीहरुबाट चर्को विरोध हुँदै आएको कुरा सबैलाई अवगतै छ । तर, ओली सरकारले एमसीसी सम्झौतामा उल्लिखित लप्सीफेदी–रातमाटे–हेटौडा, लप्सीफेदी–रातमाटे–दमौली–बुटवल तथा बुटवल–गोरखपुरको ४०० के. भी. प्रसारण लाइनको निर्माण कार्यलाई नेपाल सरकारको नीति तथा कार्यक्रम ०७७÷०७८को बुँदा नं २१० र २११मा समावेश गराई चोर दुलोबाट एमसीसीलाई संसदद्वारा पारित गराउने धृष्टता गर्दैछ । हाम्रो पार्टी ओली सरकारको यो षडयन्त्रकारी तथा राष्ट्रघाती कदमको घोर विरोध एवम् भत्र्सना गर्दछ । राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच पु¥याउने एमसीसी संझौतालाई स्वीकृति दिने गरी सरकारको नीति तथा कार्यक्रमलाई पारित नगर्न हामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सम्पूर्ण साँसदहरु समक्ष जोडदार माग गर्दछौं । साथै, ओली सरकारको यो षडयन्त्रकारी तथा राष्ट्रघाती कदमलाई असफल तुल्याउनका लागि चारैतिरबाट दवाव सृष्टि गर्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा विनम्र अनुरोध गर्दछ ।

त्यसैगरी महासचिव किरणले जारी गरेको वक्तव्यमा लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेत समावेश गरी नयाँ नक्सा जारी गर्ने भनि गरेको निर्णयलाई भने सकारात्मक रुपमा लिएको छ । सरकारको यो निर्णयलाई वक्तव्यमा देशभक्त नेपाली जनता, प्रवुद्ध वुद्धिजीवि तथा सहयोगी मित्रहरु र हाम्रो पार्टीद्वारा निरन्तर सञ्चालन गरिंदै आएका सङ्घर्षको प्रतिफलका रुपमा ग्रहण गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “सरकारद्वारा लिम्पियाधृुरा, कालापानी, लिपुलेक समेतलाई समेटी नयाँ नक्सा बनाएर सार्वजनिक गर्ने भनी लिएको निर्णयलाई हाम्रो पार्टी सकारात्मक ठान्दछ । यसलाई देशभक्त नेपाली जनता, प्रवुद्ध वुद्धिजीवि तथा सहयोगी मित्रहरु र हाम्रो पार्टीद्वारा निरन्तर सञ्चालन गरिंदै आएका सङ्घर्षको प्रतिफलका रुपमा ग्रहण गर्दछ । साथै सो निर्णयको दृढ कार्यान्वयन गर्न, भारतीय सुरक्षा फोर्सलाई कालापानी क्षेत्रबाट हटाउन, सो क्षेत्रमा बाटो निर्माण कार्यलाई रोक्न र नेपाली सुरक्षा पोस्टहरु राख्न हाम्रो पार्टी सरकारसंग जोडदार माग गर्दछ । प्रस्तुत नक्सामा मिले नमिलेका विषयबारे सो नक्सा हेरे पछि आवश्यक अभिमत जाहेर गरिने छ।

यस्ताे छ वक्तव्य-