धनकुटाका प्रहरी जवान कोरोना संक्रमण पुष्टि

धनकुटा,जेठ,८ । नेपालमा काेराेना भाइरस (काेभिड १९) काे संक्रमण ह्रत्तै बढ्दै गएकाे छ। अहिले भइरसले सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाइ देखिन थालेकाे छ। आज मात्र धनुकटामा ३४ वर्षीय कोरोना संक्रमित नेपाल प्रहरीका जवान भएको खुलेको छ । जिल्ला अस्पताल, धनकुटामा कार्यरत रहेका बेला उनलाई संक्रमण सरेको हुनसक्ने आशंका गरिएको छ ।

 

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बिहीबार बिहान ६ः५० बजे धनुकटाका एक जना व्यक्तिमा संक्रमण पाइएको पुष्टि गरेका थिए ।

 

 उनका अनुसार, संक्रमित प्रहरी अस्पतालमा उपचाररत एक जना बलात्कृत बालिकाको सुरक्षामा खटिएका थिए। पीडितको पनि कोरोना भाइरस जाँच्न पीसीआर परीक्षण गरिसकिएको छ । उनीकाे रिपोर्ट आइसकेको छैन ।

 

उनीसँगै खटिएका अर्का एक जना प्रहरीलाई पनि संक्रमण पुष्टि भइसकेको छ । हालसम्म धनकुटामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ४ जना स्वास्थ्यकर्मी, एक जना स्वास्थ्यकर्मीका परिवार र दुई जना प्रहरी रहेका छन्।