बाजुराको स्वामीकार्तिक गाउँपालिकालाइ विदेशमा बस्ने समाजसेवी दुइजना युवाले गरे नगद र स्वास्थ्य सामाग्री सहयोग

काठमाडाैं,जेठ ९। बजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाइ विदेशमा बस्ने समाजसेवी दुइ जना युवाले नगद र स्वास्थ्य सामाग्री सहयोग गरेका छन्। हाल दुवै युवा विदेश मै रहेका छन्, समाजको लागि केही र्गनु पर्छ भने उद्देय बोकेका समाजसेवी युवाले यो महामारीमा गाउँपालिकालाइ केही सहयोग पुग्ने उद्देयले गरेको यस्तो समाजसेवालाइ स्थानीय सबैले स्वागत गरेका छन्।

 

 अहिले विश्वमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्व नै थिल थिलो अवस्थामा रहेको बेला विदेशमा रहेर पनि युवाले यस्तो कार्य गर्नु सरानिय छ ।   

 

 अहिले विश्वभरी फैलिएको कारोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकालाइ   सहयोग गर्दा त्यहाँ बस्ने सम्पूर्ण गाउँपालिका बासिलाइ नै सहयोग पुग्ने भएकोले गाउँपालिकालाइ नगद र स्वास्थ्य सामाग्री  हस्तान्त्रण गरिएको उनिहरूले बताएका छन्।

 

त्यस्तै  मदन नाथ योगी वडा नं.४ छापुका स्थानीय बासिन्दा समेत हुन,उनले गाउँपालिकालाइ केही सहयोग होस् भन्ने उद्देयले रु एक लाख नगद सहयोग गरेको उनका भाइ प्रताप नाथ योगीले बताएका छन्। त्यस्तै गाउँपालिकालाइ भाइ यज्ञ नाथ योगीले नगद हस्तान्त्रणा गरेको पनि उहाँले जानकारी दिनु भयो । 

 

 
केरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै उहाँले इजरायल बाट सो रकम गाउँपालिकालाइ सहयोग गर्नुभएको उहाँका भाइ प्रताप नाथ योगीले बताएका छन्। कोरोना भाइरसको वढ्दो संक्रमण नियन्त्रणका लागि केही सहयोग पुग्छकी भन्दै गाउँपालिकालाइ सो रकम भाइ यज्ञ बहादुर नाथा योगी मार्फत गाउँपालिका अध्यक्ष चिरिञ्जीवी शाहीलाइ नगद पैसा हस्तान्त्रण गरिएको उहाँका भाइ प्रताप नाथ योगीले जानकारी दिनु भयो । 

 

त्यस्तै अर्का समाजसेवी वाडा नं. ५ जेरा स्थानीय घर भएका महेन्द्र शाहीले गाउँपालिकालाइ स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको पनि प्रताप नाथ योगीले जानकारी दिनु भयो। शाहीले गाउँपालिकालाइ १८ थान पीपीइ सेट र ५० थान सर्जिकल माक्स पनि गाउँपालिकालाइ सहयोग गरेको नाथले जानकारी दिनु भयो। नगद तथा स्वास्थ्य सामाग्री सहयोग गर्ने समाजसेवी दुवै युवाहरुले आगामी आउने दिनमा पनि गाउँपालिकालाइ र अन्य गरिब दुखीलाइ अझै समाजसेवा गर्दै जाने  उत्प्रेरणा मिलदै जाहोस् हाम्रो पनि उहाँहरू दुवै जनालाइ शुभकामना।