आज मिति २०७७ जेठ १० शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष- अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तीत रहनेछ । शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै सघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

 

बृष- दाजुभाईबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी वढी सफलता हात पार्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

 

मिथुन – खोज तथा अनुशन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

 

कर्कट – प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

 

सिंह – समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

 

कन्या – जीवन साथीको सहयोगले महत्वपुर्ण कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

 

तुला – काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउदै अगाडि बढ्न सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । प्रेम तथा मित्रताको वन्धन कसिलो हुनुको साथै जीवन साथिको हरेका पाईलामा समर्थन पाइने योग रहेकोछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला।

 

बृश्चिक- अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । प्रेममा सामिप्यता वढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

 

धनु –बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडी छोड्नेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्तसँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

 

मकर – पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् । तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

 

कुम्भ – आफन्तको सहयोगले उपलव्धी मुलक काम गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ भने खोज तथा अनुशन्धानमा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । घर परिवार तथा आत्मिय मित्र सँगको सम्बन्ध सुदृड भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

 

मीन – दाजुभाई तथा छिमेकीसँग मिलेर काम गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।