आज मिति २०७७ साल जेठ २१ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष –एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

 

मिथुन-कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सामाजिक कार्य राम्रो हुन्छ ।

 

सिंह- आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसंग भेटघाट हुनेछ ।

 

तुला –शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि बढ्ने योगपनि देखिन्छन् ।

 

धनु – शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । बन्दव्यापार सामान्य बन्दै जानेछ ।

 

कुम्भ – आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक र न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

वृष – पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोगपनि मिल्ला ।

 

कर्कट – आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

 

कन्या – आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिनेछ ।

 

वृश्चिक –आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान प्रतिष्ठामा अविवृद्धिपनि हुनेछ ।

 

मकर-आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

 

मीन – आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्यपनि आउला ।