कोरोना संक्रमण २०१ जनामा पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

काठमाडौं,जेठ,२१ । नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २ सय १ संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । जसमा १८९ जना पुरुष र २२ जना महिला रहेका छन् । काठमाडौंमा ३ जनामा कोरोना संक्रमण भेटिएको छ।

 

संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म २ सय ७८ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज १२ जना डिस्चार्ज भई घर फर्किएका छन् । पुरुष १२२ र महिला ५६ जना रहेका छन् ।