गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७५ पुग्यो

पोखरा,जेठ २४ । आज विहान गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्याङ्जामा १०, कास्कीमा ३, पूर्वीनवलपरासीमा ३ बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जनाएका छन् ।

याे सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।