आज मिति २०७७ साल असार २ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष- अनावश्यक ठाउँमा धन खर्च होला । सामान हराउने वा नष्ट हुन सक्छ । खानापिन र स्वास्थ्य प्रति सजकता अपनाउन जरूरीछ ।

 

मिथुन – सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । आफन्त र विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

 

सिंह- गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

 

तुला- आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

 

धनु – मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । चोटपटकको भयछ, सचेत रहनुहोला ।

 

कुम्भ- आज अनुहारमा कान्ति र मनमा खुशी छाउला । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । साथीभाई र पारिवारिक सहयोगपनि मिल्नेछ ।

 

वृष – जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

 

कर्कट –नयाँ काम वा रोजगार पाईनेछ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । मनमा शान्ति र छाउने र आर्थिक पक्ष सुदृढ बन्दै जानेछ ।

 

कन्या – आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

 

वृश्चिक – नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ धार्मिक कार्यमा रुची बढ्नेछ । आर्थिकपक्ष र व्यवसायबाट राम्रै लाभ मिल्नेछ ।

 

मकर- पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ।

 

मीन- विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् ।