भक्तपुर प्रहरी परिसरका एक जना प्रहरीमा कोरोना संक्रमण

 भक्तपुर,असार ४ । भक्तपुर प्रहरी परिसरको सञ्चार शाखामा काम गर्ने एक जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट परिसरमा प्रहरी जवानमा कोरोना संक्रमण पुष्‍टि भएको हो । फिल्डमा पनि नखटिने उनलाई कसरी संक्रमण भयो भन्‍ने खुल्न सकेको छैन ।

 

उनको चार दिनअघि आरडीटीबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसपछि उनलाई कार्यालय परिसरमा छुट्टै राखिएको थियो। आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई पिसिआर परिक्षण गरिएको थियो ।