खत्याड गाउँपालिकाको मोटरसाईकल अज्ञात समूहद्वारा खोलामा फालियो अवस्थामा फेला

मुगु,असार ५। खत्याड गाउँपालिका कार्यलयको मोटरसाइकल अज्ञात समुहले खोलामा फालिएकाे अवस्थामा फेला परेकाे छ। गए राति क १ ब ८७ नम्वरकाे   सरकारी नम्बर पिलेट भएको मोटरसाइकल खत्याड खोलामा फालिएकाे अवस्थामा भटिएकाे छ ।

 

खत्याड गाउँकार्यपालिकाको कार्यलय अगाडि राखेको गाउँपालिकाको मोटरसाइकल पालिका भन्दा करिब ६० मिटर तल खत्याड खोलामा फालिएकाे अवस्थामा फेलापरेकाे थियाे।

 

 रातीकाे समयमा अज्ञात समूहले खोलामा फालेको अवस्थामा मोटरसाइकल भेटिएकाे थियाे, माेटरसाइकल पूर्ण रुपमा क्षेति ग्रसत अवस्थामा भेटिएकाे गाउँपालिकाले जनाएको छ ।

 मोटरसाइकल गाउँपालिकाको कार्यलयबाट लगि करिब ६० मिटर तलफालेको मोटरसाइकल गाउँपालिकाका कर्मचारी मर्निङवाकमा जादा देखेर सडकमा ल्याएको गाउँपालिकाका कर्मचारी धिरज नेपालीले बताए ।

 

मोटरसाईकल खोलामा फाल्ने ब्याक्तीको खोजीकार्य भैरहेको खत्याड गाउँपालिका अध्यक्ष उब्जन बहादुर शाहीले बताउनु भयो । यस्ता कार्य गर्ने जाेसुकै भए पनि कानुनी दायरामा ल्यउने र कडाभन्दा कडा कारबाही गर्ने शाहीले बताएकाल छन्। यस्ता कार्य गर्ने प्रति गाउँपालिकाले आपति जनाउदै खोजतलास गरेर  कारबाही अगाडि बडाउने गाउँपालिकाले जानकारी दिएकाे छ ।