मुगु जिल्लामा पिसीआर मेसिन किन्ने तयारी

मुगु,असार १८। मुगु जिल्लाका चार वटै स्थानीयले पिसीआर मेसिन खरिद गर्न चासाे देखाएका छन्। मुगु जिल्लाले कोरोना परिक्षाणका लागि पिसीआर मेसिन खरिद गर्न स्थानीय तह सँग समन्वय गर्ने भएको छ। मुगु बाट प्रत्यक्ष निर्बाचीत संघिय साँसद स्थानीय पुर्बधार विकास शाझेदार कार्यक्रम निर्देशक समिती संयोजक माननीय गोपाल बहादुर बमको सयोजकत्वमा बसेको बैठकले मुगु जिल्लामा पिसीआर मेसिन खरिद गर्ने निणय गरेको हो ।

 

मुगु जिल्लाको एक नगरपालिका र ३ गाउँपालिकामा बिनीयोजन गरेको रकम मध्य खर्चहुन नसकेर बाँकि रहेको ४ वटा स्थानीय तहको बजेट बाट मुगु जिल्लामा पिसीआर मेसिन खरिद गर्ने मुगु बाट प्रत्यक्षका साँसद गोपाल बहादुर बमले बताउनु भयो।

 

मुगु जिल्लाका चार ओटै स्थानीय तहले खर्च गर्न नसकेको रकमको बिवरण छायानाथ रारा नगरपालिकाको ६० लाख ७२ हजार २ सय, मुगमकार्मरुङ गाउँपालिकाको ६० लाख ,खत्याड गाउँपालिकाको ४९ लाख ,र सोरु गाउँपालिकाको १५ लाख गरि जम्मा १ करोड ८४ लाख ७२ हजार २०० रुपैया लगानी गरेर जिल्लामा पिसीआर मेसिन खरिद गर्ने निणर्य गरेका छन्।

 

सो रकम जिल्ला विपद् व्यवस्थापनको खातामा जम्मा गरेर बाँकि अपुग रकम साँसद कोष बाट हालेर मुगु जिल्लाका प्रत्यक नागरिकलाइ कोरोना कोभिड १९ बाट सुरक्षित राख्नको लागि मुगु जिल्ला अस्पतालमा पिसीआर मेसिन राख्ने तयारी गरीएको जिल्ला पर्कोप ब्यावस्थापनले बताएको छ ।  

 

पर्कोप ब्यावस्था पन समितीका सहयोजक माननीय गोपाल बहादुरका बमका अनुसार मुगु जिल्लाका ३ पालिकालाइ एम्बुलेन्स खरिद गर्ने छायानाथ रारा नगरपालिका सोरु गाउँपालिका र मुगमकार्मरुङ गाउँपालिका लाई एम्बुलेन्स खरिद गरिने र खत्याड गाउँपालिकामा हाल एम्बुलेन्स सेवा संचालन भएको हुँदा खत्याडमा एम्बुलेन्स आबसेक नपर्ने बमले बताउनु भयो ।