आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि ,थप ६९७ जना डिस्चार्ज,एक जनाको मृत्यु,कुन जिल्ला कति थपिए संक्रमित 

काठमाडौं,असार, ३१ । आज थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा नमुना परीक्षण पाँच हजार ९० जनामा गरिएकाे थियाे। याे सँगै संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ।

कुन ठाँउ कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सुर्खेतमा २८ ,सप्तरीका १३, नवलपुरका ११, म्याग्दीका ९, चितवनका ८, काठमाडौंका ७, धनुषाका ६ र रौतहटका ५ ,कास्की, तनहुँ, सल्यान, दैलेखका ३/३ जना, जुम्ला, डडेलधुरा र सल्यानका २/२ जना तथा धनकुटा, ताप्लेजुङ, मोरङ, नुकाकोट, सिन्धुपाल्चोक धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थप ६९७ जना डिस्चार्ज

विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट थप ६१७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । याे सँगै हालसम्म निको हुनेको संख्या ११ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ।

थप एकको मृत्यु

कोरोना संक्रमणका कारण रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।  याे सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।