मुगुकार्मारोङ गाउँपालिकाका युवाहरूको सहयोग र श्रमदानद्वारा गाउँपालिका स्तरीय आइसोलेसन निर्माण गरिदै

 मुगु, साउन ७। विश्व भरि फैलिएकाे काेराेना भइरस (कोभिड-१९) का कारण विश्व नै आकान्त भइरहेकाे बेला मुगुकार्मारोङ गाउँपालिकाका युवाहरुले उदाहरणिय काम गरिरहेका छन्।
 
 
समाजका निम्ति केही गर्नु पर्छ भन्ने चिन्तालाइ सिरमाराखी गाउँपालिकाका युवाहरूले स्वंयमसेवककाे भुमिका निभाइ रहेका छन्। स्थानीय बासिन्दा हरुका निम्ति युवाहरूले सहयोग र श्रमदान गरेर गाउँपालिकालाइ सहयाेग हुने गरि आइसोलेसन निर्माण कार्य गरि रहेकाे युवाहरूले बताएका छन्। 
 
तर वास्तविक यथार्थ लाई नबुझी काल्पनिक दुनियाँमा रमाइरहने गाउँपालिकाको नेतृत्व र कर्मचारीका कारण जुन रूपमा छिट्टै आइसोलेसन निर्माण कार्य हुनु पर्ने थियो त्याे अहिले सम्म हुन सकेकाे छैन।
 
तर स्थानीय युवाहरूको सहयोग र श्रमदान बाट छिट्टै आइसोलेसन भवन निमार्ण गर्ने प्रतिवद्धता युवाहरूले जनाएका छन्। त्यो आइसोलेसन निर्माण भए पनि गाउँपालिकालाइ नै सहयाेग पुग्ने स्वंयमसेवक युवाहरूकाे भनाइ रहेकाे छ। हामीले आफ्नाे गाउँ आफै बनाउ भन्ने उच्च स्वचका साथ सहयाेग र श्रमदान गर्न सधैं लागि रहने अगुवा युवाहरूकाे भनाइ रहेकाे छ।