नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,साउन,७ । नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस्तै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७७९ नमुना परीक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएकाे छ। 

कुन जिल्लामा कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सप्तरीमा १८ जनामा,दैलेखका १६, डोटी र लमजुङका ७ जना, कालीकोट र पर्साका ६/६ जना, धनुषाका ५ र सुनसरीका ४  जनामा,काठमाडौं, मोरङ, ताप्लेजुङ, बारा, सर्लाही, स्याङ्जा, बाग्लुङ, बाँकेका ३/३ जना, बर्दिया र सल्यानका २/२ जना तथा चितवन र बझाङका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिक मृत्यु भएको छ ।  परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको र उपचारका क्रममा बुधबार विहान मृत्यु भएको छ ।

 

 

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्‍यु भएका महोत्तरीका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

 

याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । १२ हजार ६८४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २०७ जना डिस्चार्ज भएका छन् ।उनीहरु मध्ये ४२ जनाको मृत्यु भएको छ ।