बालिकालाइ बिहे गर्ने प्रलोभन देखाई बालात्कार गर्ने वडा अध्यक्ष पक्राउ

गोरखा,साउन २०।गोरखाको पालुङटार नगरपालिका ४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट बालिका बलात्कार आरोपमा पक्राउ परेका छन्।

 

१४ वर्षीय बालिकालाई बिहे गर्ने प्रलोभन देखाई बालात्कार गरेको आरोप लगाउँदै पिडित बालिकाको बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।

 

अन्दाजी ४७ वर्षीय वडाअध्यक्ष रानाभाटलाई प्रहरीले सोमवार दिउँसो पक्राउ गरेको प्रहरी स्राेतले जानकारी दिएकाे छ।अदालतबाट म्याद लिएर जवरजस्ती करणी मुद्धामा अनुसन्धान गरेर कारवाही अघि बढाउने प्रहरीले जनाएकाे छ । ‘हिरासतमा लिएर थप अनुसन्धान भइरहेकाे छ।