क्रान्तिकारी माओवादीले अतिक्रमित भुमी लिपुलेक,लिम्पियाधुरा,कालापानी र एमसीसी सम्झौताको विरोध सभा सम्पन्न

 काठमान्डौ,साउन २२। नेकपा (क्रान्तिकारी माओवादी) ३ नम्बर प्रदेश ,देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो) र पार्टी सम्बद्ध जनबर्गीय संगठन(जवस) मोर्चाहरूको संयुक्त आयोजनामा आज माइतीघर मण्डलामा विरोध कार्यक्रम सम्पन्न भएको छ।

 

भारतद्धारा अतिक्रमित भुमी लिपुलेक,लिम्पियाधुरा र कालापानीकाे नक्सा सरकारले जारी गरेर एउटा मात्र काम अहिले सम्म राम्राे गरेकाे छ र अरू कुनै पनि राम्राे काम गर्न सकेकाे छैन नक्सा पनि कागजमा मात्र सिमित राख्ने याेजनामा ओली सरकार लागेकाे तर आफुहरू त्याे नक्सा कागजमा मात्र सिमित राख्न नदिने याेजनामा रहेकाे र आजकाे विराेध कार्यक्रम सुरूवाती मात्र भएकाे अब  केही समय पछि आन्दाेलनकाे  आधिवेरी ल्याउने सीपी गजुरेलले ओली सरकारलाइ चेतावनी समेत दिएका छन्। याे सरकार भनेकाे माफिया, दलाल , भष्टहरकाे सरकार हाे, आफ्नै पार्टीका बहुमत सदस्यले राजीनामा माग्दा समेत ओली  माफियाहरूकाे चंगुलमा फसेर अझै सरकारमा टिकिरहने दाउमा रहेकाे गजुरेलले आराेप लगाएका छन्।

 

त्यस्तै एक प्रसंगमा गजुरेलले अब देश कसले चलाउ छ , देशभक्त जनगणतान्तिक शक्तिले चालाउनु पर्छ त्याे भनेकाे जनताले चलाउने हाे त्यसकाे नेतृत्व अब हामीहरूले गर्नु पर्छ अबकाे बिकल्प भनेकाे हामी देशभक्त शक्तिनै हाे । अहिलेकाे नक्ली कम्युनिष्टहरले देश लुटि सकेकाे सबै जनताले बुझि सकेका छन्।

 

त्यस्तै काँग्रेसलाइ जनताले याे भन्दा पहिलेकाे निर्वाचनमा नै साइट लगाइ सकेका छन् ,भने अबकाे विकल्प भने काे देशभक्त जनगणतान्तिक शक्ति नै भएकाे गजुरेल बताएका छन्।

 

त्यस्तै एमसीसी सम्झाैता अब चार- पाचँ महिना पर सरेकाे अझै जनताकाे माझमा गएर भण्डाफाेर र विराेध  गर्ने र उनिहरू भित्रका केही देशभक्तहरू पनि बाेलेकाे एमसीसीकाे विराेधमा भएकाले ओली नेतृत्वकाे सरकार संकटमा रहेकाे गजुरेलले बताए ।

अब  सिमा अतिक्रमण र विवादलाई अन्तर्राष्ट्रियकरण गर्न, राष्ट्रघाती एमसीसी सम्झौताको विरोध भण्डाफोर गर्न, कोभिड–१९ को उपचार प्रक्रियामा भएको सरकारी उदासिनता, बढ्दो महङ्गी, तस्करी र भ्रस्टाचारको विरोध, भुमी तथा संस्कृति माथिको अतिक्रमण, मजदुर कटौती र मजदुर विरोधी सम्झौताको विरोध,चौरजहारीमा भएको अमानवीय हत्याकाण्ड र सुकुम्बासी बस्तिमा गरिएको आगजनीको विरोध, लैङ्गिक हिंसा, शैक्षिक क्षेत्रमा मौलाएको निजीकरण र माफियाकरणको विरुद्ध उक्त विरोध सभाको आयोजना गरिएको हो ।

 

नेकपा क्रान्तिकारी माओवादी ३ नम्बर प्रदेश सेक्रेटरी क.प्रवेशले सञ्चालन गरेको विरोध सभालाई देजमो अध्यक्ष सिपि गजुरेल, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्र.डा.ओम गुरुङ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाले सम्बोधन गर्नु भएको थियो ।