नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि,थप १० जनाको मृत्यु, कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं , साउन,२८ । नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। काेराेना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार देशभरका प्रयोगशलामा १० हजार ४८१ नमुना परीक्षण गर्दा ४८४ जनामा संक्रमण पुष्टि भएकाे हाे। 

 

याे सँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएर घर फर्किएका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित 

 संक्रमित सबैभन्दा धेरै काठमाडौंमा १०९ जना ,मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५/१५ जना, कास्कीका १३, झापा र सिराहाका १०/१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६/६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५/५ जना ,दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३/३ जना, गोरखा, नुवाकोट, तनहुँ, दोलखा, धादिङ र डोटीका २/२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका एक/एक जनामा संक्रमण देखिएको छ ।

थप १० जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ । यस्तै सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।‘स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा महोत्तरी र बारा विश्रामपुरका मृतक समावेश गर्न बाँकी रहेकाे छ ।