बाजुराको बुढिनन्दा नगरपालिकामा पर्ने बाँधु माध्यामीक विद्यालयको संरचाना जोगाउन खोलामा डोजर 

बाजुरा, साउन ३२। बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नं. १ स्थित श्री बाँधु मा.वि भारती कप्साडीको विद्यालय संरचाना जोगाउन डोजर प्रयोग गरिएको हो। अविरल बर्षा सँगै बड्डी गाउँ खोलाको पानीको बहाव बढेर उक्त विद्यालयको प्रवेशद्धार सम्म कटान गर्दा विद्यालय प्रवेश गर्न कठिन भएको छ। 

 

अषाढ र साउन महिनामा पटक-पटकको बर्षा सँगै बड्डी खोलाले कटान गर्दा उक्त विद्यालयको घेरबार पनि उच्च जोखिममा परेको छ। विद्यार्थी शिक्षक सँगै स्थानीय बासिन्दा आवतजावत गर्ने बाटो समेत खोलाले कटान गरे पछि त्यहाँका स्थानीयहरूलाइ समस्या भएको छ।

 

२०१६ सालमा स्थापना भएको बाँधु मा.वि २०६२ मा नि.मा.वि र २०६६ सालमा मा.वि स्थापना भइ २०६८ मा पहिलो पटक प्रवेशीका परिक्षा दिएको कुरा शिक्षक प्रकाश बमले बाताए।( CTEVT) बाट कृषि र भेटनरी विषयको (JTA) जेटिए  पढाइ समेत यो विद्यालयमा भैइरहेको छ।

मावि र सिटिभिटी कृषि  र भेटनरी अध्ययन गर्ने ४३० विद्यार्थी भएको कुरा प्र.अ नैन ब.कार्कीले बताउनु भयो । भौगोलिक संरचना जोगाउनको लागि खोला डाइभर्ट गरेर पारिपट्टी स्थानीय आउसे भण्डारी,गोरे भण्डारी , नरमकला भण्डारी , नवराज भण्डारी र मनसुर भण्डारीको जग्गामा खोला रिटाउन विद्यालयलाइ सहयोग गरेका छन्।

करिव ४०/५० बोरा धान फल्ने जग्गा विद्यालयको संरचना जोगाउन पर्ने भएकाले आफुहरूले खोला रिटाउन सहमत भएको जग्गा दाता डम्बर भण्डारीले बताउनु भयो।

 

बुढिनन्दा नगर पालिकाले विद्यालयको संरचना बड्डी खोलाले कटान गरी उच्च जोखिममा परेको हुँदा डोजर लगाएर खोला पारीपट्टी फाल्न लागिएको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीप ब.भण्डारीले बताउनु भयो। प्रति घण्टाको हिसावमा नगर प्रमुख पदम कुमार गरिको डोजर प्रयोग गरिएको कुरा विद्यालय स्रोतले बताएको छ।

उक्त विद्यालयका संस्थापक सदस्य समाजसेवी रामलाल कार्कीले नेकपा जिल्ला कमिटी सदस्य मोहन नेपाली , रेडियो बुढिननदाका अध्यक्ष सर्पलाल गिरी वि.व्य.स अध्यक्ष दीप ब.भण्डारी,प्र.अ नैन ब.कार्की र स्थानीय नन्द ब.भण्डारी,वि.व्य.स पदाधिकारी सदस्य र  विद्यार्थीको उपस्थितिमा आज देखि डोजर संचालन गरिएको कुरा प्राविधिक मोहन गरीले बताउनु भयो । 

 

त्यस्तै नगर उपप्रमुख श्रृष्टी रेग्मी, नि.कार्यकारी रामदत्त न्यौपाने र वडा अध्यक्ष नृपराज खत्रीको विशेष पहलमा विद्दालय संरचना जोगाउन डोजर लगाउने पहल भएको कुरा नगरपालिका स्रोतले बताएको छ।